पर्सामा एक भारतीय नागरिक मृत अवस्थामा फेला:घटनाको अनुसन्धान भईरहेको प्रहरीको भनाई

५ years अगाडी teraibulletin

पर्सामा एक भारतीय नागरिक मृत अवस्थामा फेला:घटनाको  अनुसन्धान भईरहेको प्रहरीको भनाई

पर्सा,श्रीनारायण –महतो १७ बैशाख

पर्सामा आज बिहान एकजाना मृत अवस्थामा फेला परेका छन l पर्साको छिपहरमाई गाउपालिका वडा न:-१ मिर्जापूरमा  गहू दाइने कम्बाईन मेसिन चलाउने भारतको पंजाब स्थित बरनाला जिल्ला घर भएका ३९ बर्षीय हरदीप सिंह आज बिहान मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ l सिंहले कालिकामाई गाउपालिका वडा न:-१ बसने मुकेश प्रसाद कुश्वाहाको गेहू दाउने कम्बाइन मेसिन चालक रहेको स्थानियाले बताएका छन l

ऊनि बस्दै आएका घर भन्दा पश्चिम रहेको करीब २०० मीटरको दुरिमा पोखरी नजिकनै बनाई राखिएरको छाप्रोको घरमा आज बिहान ५ को झुण्डिएको अवस्थामा फेला परेका थिएl  स्थानियले बिहान चौच गर्न जादा देखे पछि तुरुनतै प्रहरीलाइ खबर गरेका थिए lखबर पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट गएको प्रहरी निरीक्षक चंद्र कुमार सिंहको नेतृत्वमा प्रहरीको टोलीले घटना स्थलको मुचुल्का बनाई शवलाइ पोष्टमाडम गर्नको लागी नारायणी अस्पताल बीरगंज पठाईएको प्रहरी निरीक्षक सिंहले बताउनु भयो lअहिले घटनाको बारेमा बढ़ी केही भन्न नसकिने बताउदै घटनाको सम्बन्धमा थप अनुसंधान भईरहेको प्रहरी निरीक्षक सिंहले बताउनु भयो l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?