नेपाल चिकित्सक संघ जूनियर डॉक्टर्स कमिटीका प्रतिनिधि द्वारा बीरगंजमा पनि N95 मास्क बितरण गरिएको छ । उक्त मास्क बिभिन्न अस्पतालमा कार्यरत करीब एक सय जना मेडिकल अधिकृतहरू लाई बितरण गरिएको कमिटीका प्रतिनिधि डॉ राम चौरसियाले बताए । केंद्रीय NMA ले अप्पोनको सहयोगले चिकित्सकहरू को लागि पहिचान झलकिने ज्याकेट बनाएर काठमांडूमा कार्यरत मेडिकल अधिकृतहरू लाई बितरण गरेको थियो ।
बीरगंज जोखिम्पुर्ण छेत्र भएकोले केंद्रीय सह सचिब डॉ नीरज सिंह को पहल मा तत्कालै ३०० पीस उक्त ज्याकेट बीरगंज पनि पठाईएको छ । आज केन्द्रिय सह सचिब डा निरज कुमार सिंहले नेपाल चिकित्सक सघ नारायणी शाखाका अध्यक्ष डॉ अरुण कुमार सिंह लाई उक्त ज्याकेट हस्तान्तरण गर्नु भएको छ । चिकित्सक हरू लक डाउनको बेला आवत जावत गर्न सजिलो होस भनेर पहिचान झलकिने ज्याकेट बनाइएको र देश भरिका मेडिकल अधिकृत लाई बितरण गर्ने योजना रहेको जानकारी संघका केंद्रीय उपाध्यक्ष डॉ अनिल बिक्रम कार्कीले दिए ।