पर्सा १७ बैशाख
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिले वीरगंजमा कोरोना परिक्षणको लागि पिसिआर मेसिन र कोरोना अस्पताल सुचारु नभएको भन्दै आन्दोलन गर्ने भएको छ ।नेवि संघ पर्साले आज एक प्रेस विज्ञप्ती जारी गर्दै संघ र प्रदेश सरकारले वीरगंजमा कोरोना अस्पताल तथा पिसिआर मेसिन सुचारु नगरेको प्रति आपति जनाएको छ ।
नेवि संघ पर्साका जिल्ला सभापति विकास तिवारीद्वारा जारी प्रेस विज्ञप्तीमा चासो समेत नराखेको र दुई नम्बर प्रदेशको सम्पूर्ण कोरोना संक्रमितलाई वीरगंजमा नै पठाई आफ्नो जिम्मेवारीबाट पंक्षिन र भाग्न खोजेको महसुस भएको उल्लेख गरिएको छ ।
नेवि संघले यस्तो गैर जिम्मेवार रवैयाले सम्पूर्ण वीरगंजवासी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जिवनसंग खेलवाड गरिएको र वीरगंजवासीलाई जोखिमपूर्ण जिवन विताउन बाध्य पारिएकोमा तत्काल पिसिआर मेसिन र कोरोना अस्पताल छिटोभन्दा छिटो सुचारु नगरे विपदको घडीमा पनि बाध्य भएर कडा भन्दा कडा आन्दालन गर्ने प्रेस विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।