काठमाडौँ १७ बैशाख
आफ्नै पार्टी भित्र बिबाद उत्सर्गमा पुगेपछि प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक तीन घन्टा लामो छलफलपछि फेरी अर्को बैठक बसाउने सहमतिको साथ आज बैठक टुंगेको छ l
वैशाख २० गते फेरि सचिवालय बैठक गर्ने सहमतिका साथ टुंगिएको छलफलमाँ सहभागी हुनु भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्टले बताउनुभयो ।बैठकमा पार्टी एकतालाई सुदृढीकरण गर्ने र सरकारलाई मजबुत पार्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
बैठकले स्थायी कमिटीको बैठक बस्ने बिषयमा छलफल गर्दै पुन: सचिवालय बैठक बस्ने सहमति गरेको उहाले बताउनुभयो । यो बीच नेतृत्व टिमले अनौपचारिक गृहकार्य गर्नुपर्ने पनि बैठकमा सहमति गरेको छ।
यसबीच केही प्रस्ताव ल्याउनेबारे पनि बैठकमा सहमति भएको प्रवक्ता श्रेष्ठले जानकारी बताउनु भएको छ । प्रधानमन्त्री ओलीले एका एक ल्याउनु भएको अध्यादेश र फेरी फिरता लिई सकेपछि आफ्नै पार्टीमा बिबाद चुलिएको छ l