सांकेतिक:तस्बीर
डोटी १८ बैशाख
राहत बितरणमा पक्षपात गरिएको भन्दै डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४, वायलका वडाध्यक्ष जयलाल धामीलाई स्थानीय नागरिकले कुटपिट गरेका छन् । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले अनुसार राहत वितरणमा पक्षपात गरेको भन्दै स्थानीयले वडाअध्यक्ष धामीलाई कुटपिट गरिको बताउनुभयो l
वडाध्यक्षले राहत वितरण गरिरहेको बेला एक्कासी आएर केही व्यक्तिले हातपात गरेको बताउदै गाउपालिका अध्यक्ष शाहिले छानबिन गर्न थालेको बताउनुभयो । नेपाली काग्रेसबाट निर्वाचित वडाध्यक्ष धामीलाई राहत वितरण कार्यक्रममै कुटपिट गरिएको हो ।
स्थानीयले वडाध्यक्ष धामीलाई कुटपिट गरेसँगै वडा कार्यालयमा तालाबन्दी समेत गरिका छन । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिनुभयो । कुटपिटमा संलग्नहरुको छानबिन तथा खोजी भैरहेको प्रहरीले जनाएको छ ।