भारत १८ बैशाख
अभिनेता ऋषि कपूरको निधन भएले बलिउडमा फेरी अर्को क्षति भएको छ । बलिउड अभिनेता कपूरको ६७ वर्षको उमेर स्आज (बिहीबार) बिहान निधन भएको भारतीय संचारमाध्यामले जानाएका छन ।यसअघि (बुधबार) हिजो मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएकोले ठुलो क्षति भएको बिश्लेश्कहरू बताऊन थालेका छन ।
स्वास्थ्यमा समस्या देखिएपछि कपूरलाई अस्ति मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋपि कपूरका दाइ रणधीर कपूरले उहांको निधनको पुष्टि गर्नु भएको भारतीय संचार स्संस्थाले जानाएका छन । उहा क्यान्सर रोगबाट लामो समयबाट नै ग्रसिर रहनु भएको थियो ।
कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्कनु भएको थियो। उहा क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष समेत बसेका बस्नु भएको थियो । गएको फेब्रुअरीमा उहाको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो ।क्यान्सरसँग जुधिरहेका उहालाई स्वासप्रस्वासमा पनि समस्या भएकाले अस्ति (मंगलबार) अस्पताल भर्ना गरिएको दाइ रणधीरले बताउनुभयो ।
ऋषि कपूरले सन् १९७३ मा बबी चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गर्नु भएको थियो । उहाले बालकलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गर्नु भएको थियो ।ऋषि कपूरका छोरा रणवीर कपूर बलिउडका हालका स्टार अभिनेता समेत रहनु भएको छ ।
उहाको निधनप्रति गम्भीर दुःख व्यक्त गर्दै अभिनेता अमिताभ बच्चनले आफू ‘क्षतविक्षत’ भएको उल्लेख गर्नु भएको छ । बच्चनले ट्वीट गरेका छन्, ‘उहा गए…ऋषि कपूर…गए…भर्खरै बिदा भए.. म खण्डित भएँ ।’अस्पतामा अन्तिम सास लिँदै गर्दा उहाको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको भारतीय संचारमाध्यमले बताएका छन ।
उहाको अन्तिम चलचित्र इमरान हाशमीसँगको द बडी हो । उहा अभिनेत्री दीपिका पादुकोणसँग उहा हलिउड चलचित्र द इन्टर्नको हिन्दी रिमेकमा काम गर्ने तयारीमा समेत रहनुभएको थियो । उहाको निधनले भारतीय चलचित्र क्षेत्रमा ठुलो क्षति पुगेको बताइएको छ l उहाको निधन प्रति धेरैले सामाजिक जन्सालमा दुःख ब्यक्त गरेका छन l