कपिलवस्तु १८ बैशाख
कपिलवस्तुमा भिद्धा भाता नै चोर्ने एकजाना पक्राउ परेका छन lकपिलबस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षाबापतको रकम चोरी गरेकोको आरोपमा एक जनालाइ पक्राउ गरिएको प्रहरीले नाजाएको छ l शिवराज नगरपालिका वडा न:-४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज नगरपालिका वडा न:-६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षाबापतको १२ हजार रुपैयाँ चोरी गरी फरार भएका थिए ।
चन्द्रौटाको गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट नै मियाँले पैसा चोरेको पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो ।मियाँले गत वैशाख १४ गते रकम चोरेर फरार भएका थिए । अभियुक्तलाई वडा प्रहरी कार्यालयमा राखिएको तथा अनुसन्धान भईरहेको प्रहरीले जानाएको छ l