जेनेभा १८ बैशाख
आज (बिहीबार) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकस्मिक बैठक बस्ने भएको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले यस्तो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उहाँले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोभिड-१९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताउनुभएको हो ।
हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने उहाले बताउनुभयो ।महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिनुभएको हो । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ ।