काठमाडौँ १८ बैशाख
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च विभुषण ’ग्रान्ड कोर्डन अफ दि अर्डर अफ दि राइजिङ सन’ प्रदान गर्ने निर्णय गरेको छ । काठमाडौंस्थित जापानी राजदुतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै यो सम्मानबारे जानकारी दिएको हो ।
जापान सम्राटले सन् १८७५ मा स्थापना गरेको यो सम्मान जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने सर्वोच्च सम्मान हो । दूतावासले नेपाल र जापानबीचको सम्बन्ध मजबुद बनाउन र विस्तार गर्न योगदान गरेकाले यो सम्मान दिइएको जनाएको छ ।
पूर्व सभामुख पौडेल सन् १९९९ मा स्थापित नेपाल जापान संसदीय मैत्री संघका संस्थापक पनि हुनुहुन्छ । २०१७ सम्म पौडेल यसको अध्यक्ष रहनुभएको थियो । यो सम्मान वर्षको दुईपटक प्रदान गरिने पनि दुतावासले जनाएको छ ।