सांकेतिक:तस्बीर
पर्सा,श्रीनारायण-महतो १८ बैशाख
बिश्वभर माहामारीको रुपमा नै फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट बाच्नको लागी सरकारले नेपाल अधिराज्य भरी लकडाउन लागू गरेकोछ l यो अवस्थामा पनी बिरामिलाई रगतको अभाव हुननदीन नेपाल रेडक्र्स सोसाइटी बगही उपशाखाको आयोजनामा सामाजिक दुरिलाई कायमा राख्दै आज (बिहीबार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ l
बिरगंज रक्त संचार केन्द्रमा रगतको अभाव भइरहेकोले अस्पतालमा आउने बिरामिहरुलाइ उपलब्ध गराउन कठिनाइ भइरहेको अवस्थामा बगहीका ३० जना स्थानीयले रगतदान गरेको रेडक्र्सका सहायक राजन श्रीवास्तवले बताउनुभयो ।
वीरगंज महानगरपालिकाको बगहीमा भएको कार्यक्रममा राजकुमार राउत, उमेश प्रसाद यादव, रमेश कुमार साह, जोखु राम, आलोक यादव, बिनोद प्रसाद यादव, बिष्णु पटेल, रबिन्द्र साह, शम्भु राउत कुर्मी, संजय कुमार ठाकुर, रमेश महतो, छोटेलाल राउत, राहुल पटेल, रम्भु पटेल, विवेक यादव, सुरेश राम लगायत ३० जानाले रक्तदान गरेका उहाले बताउनुभयो ।
यस कठिन परिस्थितिमा अहिले चारैतिर विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रम गर्न पाएका छैनन्,जसकारण बिरगंज ब्लड बैंकमा रगतको अभाव भएको र सो अभावको पूरा गर्न सामाजिक दुरिको पालना गर्दै रक्तदान को आयोजना गरिएको श्रीवास्तवले बताउनुभयो ।
रेडक्रसका उपशाखाहरुलाइ रक्तसञ्चार केन्द्रबाट रगत उपलब्ध गराउनमा कठिनाइ भइरहेको र लकडाउनको समयमा रक्तदान कार्यक्रमको आयोजना नहुने भएकोले रगतको अभाव हुने गरेको रक्तसञ्चार केन्द्रका प्राबिधिक जितेन्द्र कुश्वाहाले बताउनुभयो l
उहाले यस्तो बिषम परिस्थितिलाइ ध्यानमा राखी रेडक्र्सका उपशाखाहरुले रक्तदान कार्यक्रमको आयोजना गरि बिरामिहरुलाइ सहयोग गर्दै आएको बताउनु भएको छ l रक्तदान कार्यक्रममा सुजित पटेलको टोलिले प्राबिधिक सहयोग गरेको रक्त संचार केन्द्र बीरगंजका प्रमुख सौरभ राज पाण्डे बताउनुभयो l