बीरगंज १८ बैशाख समाज
लकडाउनबाट प्रभाबित भएका लक्षित बर्गलाइ बीरगंज माहानगरपालिकाले कुहिएको चामल बितरण गरिएको समाचार सार्बजनिक भए पछि अनुगमन टोलीले विभिन्न गोदाममा छापा मारेको छ ।
सोही क्रममा गत बुधबार १७ गते बितरणको लागी पठाइएको राहतको चामल कुहिएको पाइए पछि वडा नं. १४ को गोदाममा पुगि अनुगमन टोलीले छापामारी चामलको नमूना सङ्कलन गरेको हो।
न्यू बोलबम खाद्य सप्लायर्स, अनुज खाद्य भण्डार, विद्याञ्चल खँद्य भण्डारबाट आएको चामलको नमूना अनुगमन टोलीले लिएको जानाएको छ । टोलीले तौल कम देखिएको चामलको बोरासमेत लिएर गएको समाचार श्रोतले जनाएको छ ।
तर गत बुधबार १७ गते बितरण गरिएको चामल कुहिएको बोरामाबाट नमूना लिएको छैन । शील खोलिएको बोराको नमूना परीक्षणका लागि लिन नमिल्ने बताएका छन्।
शील बोराको नमूना लिएर अनुगमन टोली गएको वडा न:-१४ का वडाध्यक्ष भरत कुर्मीले जानकारी गराउनुभयो । कुहिएको चामलको नमूना सङ्कलन गरिनुपर्ने स्थानीयले माग गरेका थिए । उनीहरूले सील खोलिएको बोरामा कुहिएको देखिएपछि त्यसको नमूना नलिँदा विवाद समेत गरेका थिए ।
उक्त नमूना खाद्य अनुसन्धान केन्द्र हेटौंडा पठाइएको छ। रिपोर्ट आएपछि कसूर अनुसार कारबाई गरिने जिल्ला प्रशासन कार्यलय पर्साका प्रवक्ता सप्रजिअ ललित बस्नेतले बताउनुभयो ।