पर्सा,श्रीनारायण–महतो १८ बैशाख
बाराको बिश्रामपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर रिपोर्ट नगेटिभ आए पछि घर पठाइएको छ । क्वारेन्टाइनमा रहेका ३१ भारतिय र एक नेपालीको पिसिआर रिपोर्ट नगेटिभ आए पछि घर पठाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले वताए ।
उनले भने “गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३२ जनाको पिसिआर मेसिनबाट कोरोना परिक्षणको लागि स्वाब संकलन गरी काठमाण्डू पठाइएको थियो । १४ दिन देखी क्वारेन्टाइनमा रहेका सबै जनाको रिपोर्ट नगेटिभ आए पछि सबैजनालाई रिपोर्ट दिएर घर पठाइएकोछ।”
उनका अनुसार ३१ जना भारतियलाई बाटोखर्च दिएर रिपोर्ट सहित घर पठाएको छ भने एक जना बिश्रामपुर गाउँपालिका निवासी नै रहेकाले उनकाे अभिभावककाे जिम्मा लगाइएको छ ।
कोरोना भाइरस संक्रमको रोकथाम तथा नियन्त्रणको लागि लकडाउन भए पछि नेपालको सिन्धुली र सप्तरीबाट पैदल नै बिश्रामपुर आइपुगेका ३१ भारतिय कामदार र एक नेपालीलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।