बहुदरमाई नगरपालिकामा राहत बितरण कार्य तीब्र :माहारीबाट बाच्न लकडाउनको पालना गर्न नगरबासीलाइ मेयर साहको आग्रह।

५ years अगाडी teraibulletin

बहुदरमाई नगरपालिकामा राहत बितरण कार्य तीब्र :माहारीबाट बाच्न लकडाउनको पालना गर्न नगरबासीलाइ मेयर साहको आग्रह।

पर्सा,श्रीनारायण-महतो

पर्साको बहुदरमाई नगरपालिकाको मेयर नितेन्द्र साहले लकडाउनको पालना गरी सुरक्षित रहन नगरबासी संगै सम्पूर्ण जनतालाई आग्रह गर्नु भएको छ ।यो माहामारीको लड़ाईमा एकजुट भए मात्र कोरोना भाइरसको लड़ाई जीतन सकिने बताउनु भयो । यो लड़ाई मात्र कुनै ब्यक्ति वा मात्र कुनै एक देशको नभई यो सींगो बिश्वको नै लड़ाई भएकोले एकअर्का माथीको टिका टिपण्णी त्यागी यो लड़ाईमा आफ्नो आफ्नो तरफबाट कुनै पाटी होइन मानवताको भावनाले लाग्नु गर्ने मेयर साहले बताउनु भएको छ ।

मेयर साहको निर्देशनमा राहत बितरण कार्य तीब्र :

बिश्वभर फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट बाच्नको लागी सरकारले गरेको लकडाउनको बेला बहुदरमाई नगरपालिका भित्र असाहय,गरीब एकल महिला,तथा दैनिकी ज्यालादारी गरी जीवन चलाउनेहरुको समस्यालाइ मध्यनजर गरी यास्त बर्गलाइ लक्षित गरी राहत बितरण गर्न नगरकाजनप्रतिनिद्धलाइ निर्देशन दिनु भएको छ ।

मेयर साहले संकटको बेलामा गरिब तथा लक्षित बिपन्न घर परिवार को लागि १५ केजी चामल, २ केजी दाल, १/२ लिटर सरसो तेल,१ केजी नुन र तरकारी केन्ने बापत रु २०० गरि वडा न १ मा ३०० पौकेट यसै गरी वाड २ मा ३४९ पौकेट, वडा ३ मा ३०० बोरा र वडा ५ मा २२३ पौकेट राहत पैकेज वडाहरुमा वडा अध्यक्ष र सचिवलाई भर्पाई गरि पठाइएको उहाले बताउनु भएको छ ।बाकी वडाहरु समेत गरि ३००० प्याकेट पठाउने कार्य तिब्र गतिमा भैइरहको तथा भोलि पर्सि मा नै सबै वडाहरुमा राहत पुग्ने मेयर साहले जाकारी दिनु भयो ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?