भारतीय संचारमाध्यमको समाचार निराधार:हल्लाको पछि नलागन पर्सा प्रहरीको आग्रह ।

५ years अगाडी teraibulletin

भारतीय संचारमाध्यमको समाचार निराधार:हल्लाको पछि नलागन पर्सा प्रहरीको आग्रह ।

पर्सा,श्रीनारायण-महतो

गाउपालिका अध्यक्षबारे भारतीय संचारमाध्यामले प्रशारण गरेको समाचार निराधार रहेको पर्साको जगरनाथपूर गाउपालिकाको अध्यक्ष तथा नियोजित ढंगले आरोपलाइएको जालिम मियाले यो भारतीय संचारमाध्यको समाचार असत्य भएको भन्दै खण्डन गर्नु भएको छ ।

भारतीय सञ्चारमाध्यमले नेपालबाट करिव २ सय नागरिक भारततर्फ पठाउन लागेको भन्दै नियोजित रुपमा दुईदिन देखि प्रचारबाजी गरिरहेका छन् ।विहिबार र शुक्रबार दिनभर भारतीय सञ्चारमाध्यमले नेपाल भारत सीमा क्षेत्रबाट नेपालका जालिम मिया नाम गरेका व्यक्तिले कोरोना संक्रमित नागरिकलाई भारततर्फ पठाउन लागेको भन्दै गलत समाचार सम्प्रेषण गरिरहेका छन् ।

नेपालमा रहेका मुसलिम समुदायलाइ उतेजित पार्न र यो संकटको बेला अन्यत्र ध्यान मोडन यो सुन्योजित ढंगले आफ्नो चरित्र हत्या गर्ने काम भईरहेको बताउदै गाउपालिका अध्यक्ष मियाले यो एउटा राजनितिक प्रतिसोद्ध रहेको बताउनु भएको छ ।

भारतीय सञ्चार माध्यम जागरण दैनिकले जालिम मिया नाम गरेका व्यक्तिले मुस्लिम समुदायका २ सय व्यक्तिलाई भारत पठाउन लागेको भन्दै शुक्रबार विहान समाचार प्रकाशन गरेपछि भारतीय टेलिभिजनहरु इण्डिया टिभी लगायतले दिनभर गलत समाचार प्रसारण गरिरहे थिए ।

भारतीय संचारमाध्यमले जालिम मिया हतियार र जाली नोटको तस्कर रहेको एकाएक बताउन ठाले पछि एकै छिको लागी पर्सेली जतना अनियोलमा समेत परेका थिए l उहिरुले गाउपालिका अध्यक्ष मियालाई पर्सा प्रहरी पक्राऊ गरेको समाचार पनी गलत साबित भएको छ ।

पर्सा प्रहरीको भनाई

जिल्ला प्रहरी कार्यालय पर्साले भने पर्सामा कोही पनि मुस्लिम नागरिक पक्राउ नपरेको जनाएको छ ।शुक्रबार भारतका केही सञ्चारमाध्यममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासँग जोडेर समाचार प्रसारण गरेपछि जिल्ला प्रहरी कार्यालयले पनि चासो राखेको थियो ।तर, भारतीय मिडियामा आएजस्तो कोही पनि नागरिक पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले बताउनु भएको छ ।

बिहीबारर शुक्रबार जगरनाथपुर गाउँपालिकाबाट कसैलाई पनि पर्सा प्रहरीले पक्राउ गरेकोे छैन भारतीय मिडियामा यस्तो गलत समाचार कसरी आयो हामी पनि त्यो बारे छलफल गरिरहेका छौ,’ जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पन्तले बताउनु भयो ।भारतीय मिडियाल दिनभर यस्तो समाचार दिएका कारण पर्सामा केही असमान्य अवस्था आएको बताउदै एसपी पन्तले यस्तो हल्लाको पछाडि नलाग्न पनि सबैसँग आग्रह गर्नु भएको छ ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?