पर्सा,श्रीनारायण-महतो
बिश्व ब्यापि रुपमा नै फैलिएको नोबेल कोरोना भाइरस अर्थात (कोभिड १९) को संक्रमणबाट बचनको लागी नेपाल सरकारले गरेको लकडाउनलाइ पूर्ण पालना गर्न र सुरक्षित रहन श्रोता तथा संचारकर्मी सम्पूर्ण मानव जातिलाई नै नेपाल रडियो बिहार रेडियो श्रोतासंघले आग्रह गरेको छ ।
यो महामारीको समयमा आफु पनी बचन र अरुलाई पनी बचाउन आफ्नै घरमा बसन,रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजान,नियमित साबुन पानीले हात धुन, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्न, जङ्गली तथा घरेलु ,पशुपंक्षीसँग सिधै सम्पर्क नगर्न, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खान, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जान आग्रह गरिएको नेपाल बिहार रेडियो श्रोता संघका अध्यक्ष हरेन्द्र यादवद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै गरी यो राष्ट्रीय बिपतिमा श्रोता,प्रस्तोता तथा हामी सबै एकजुट भएर सामना गर्नु पर्ने अवस्था आएकोले यो माहामारीको लड़ाईमा सबैलाइ एकजुट भएर लडन नेपाल बिहार रेडियो श्रोतासंघका सचिव अमित कुमार गुप्ताले सबै पक्षसंग आग्रह गर्नु भएको छ ।