लकडाउनबाट प्रभाबित भएका ६ सय घरधुरीलाइ जीपी फाउण्डेसन पर्साद्वारा राहत वितरण ।

५ years अगाडी teraibulletin

लकडाउनबाट प्रभाबित भएका ६ सय घरधुरीलाइ जीपी फाउण्डेसन पर्साद्वारा राहत वितरण ।

पर्सा,श्रीनारायण-महतो

बिश्वभर माहामारिको रुपमा नै फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट बाच्नको लागी सरकारले गरेको लकडाउनले गर्दा बढ़ी मारमा परेका असाहाय एकल महिला,दैनिकी ज्यलादारी गरी जीविका चलाउनेहरुको समस्याको मध्यनजर गर्दै जी.पी.फाउण्डेशन  अर्थात गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आज (शनिबार) त्यस्ता लक्षित बर्गलाइ राहत बितरण गरेको छ ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगर पालिकाको वडा नं १ र ३ का लक्षित बर्गलाइ खाद्यान बस्तु चामल ७ किलो,आलु ३ किलो,दाल १ किलो,नुन १ किलो,तेल ५०० ग्राम,गहुको पिठो २ किलो उपलब्ध गराएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताउनु भयो। लकडाउनको मारमा परका वीरगंज महानगरपालिका वडा नं १ र ३ का ६०० विपन्न परिवारलाई खाद्यन्न समाग्री उपलब्ध गराएको फाउण्डेशनले जनाएको छ।

राहत वितरणमा फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिन, कोषाध्यक्ष मनोहर साह, सदस्य जितेन्द्र सिंह,धिरज गुप्ता,नगर ईकाइ समिति ३ का अध्यक्ष संदिप केवट,सुल्तान अंसारी, राजु गुप्ता, नेपाल लाईभ इन्सोरेन्सका रोशन कर्ण,नरेन्द्र चौधरी,लगायतको सहभागिता रहेको थियो।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?