लकडाउनको आज १९ औ दिन:तपाईको दैनिकीमा कस्तो प्रभाव परेको छ त ?

५ years अगाडी teraibulletin

लकडाउनको आज १९ औ दिन:तपाईको दैनिकीमा कस्तो प्रभाव परेको छ त ?

पर्सा,श्रीनारायण-महतो

बिश्व माहामारीको रुपमा नै फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बचनको लागी सरकारले गरेको लकडाउनको आज १९ औ दिन अज सम्म तपाईको दैनिकीमा कस्तो प्रभाव पर्यो भनी हामीले  एक बीरगंजका चिरपरिचित संचारकर्मी सूर्य शुभचिन्तक संग सोधेका छौ ।

 

उहाको भनाई यस्तो रहेको छ;-

म पेशाले सञ्चारकर्मी भएको हुँदा दैनिकीमा खासै प्रभाव त परेको छैन । तर पनि विगतको जस्तो त पक्कै पनि हुन सकेन । हामीले सँधै जसो गर्ने काम समाचार लेख्ने, पढ्ने अनि कार्यक्रम चलाउने हो ।त्यो कामले त निरन्तरता पायो तर यसमा अँझै गम्भिर भएर जिम्मेवारी बहन गर्नुप¥यो ।

प्रया गर्ने काममा खासै प्रभाव नपरेपनि आफ्ना आधारभुत आवश्यक्तामा भने पक्कै पनि यसको असर पर्न गयो । खासगरी खानको लागि तरकारी लगायतका खाद्य वस्तु खरिदको लागि समयको व्यवस्थापन हुन नसक्दा अनि कोठाबाट अफिस जाँदा र आउँदाको अनुभव पहिलाको जस्तो पक्कै भएन । त्यसो त दैनिकीमा लकडाउनले प्रभाव परेपनि हामीले आफ्नो दैनिकि जसो तसो चलाउँनै पर्छ ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?