बीरगंजमा उपचाररत तिनै जाना भारतीयमा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या नेपालमा१२ पुग्यो

५ years अगाडी teraibulletin

बीरगंजमा उपचाररत तिनै जाना भारतीयमा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या नेपालमा१२ पुग्यो

काठमाडौं ३० चैत्र

नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सरकारले औपचारीक रुपमा जानकारी भने दिइसकेको छैन ।

संक्रमितहरु तीनै जना भारतीय नागरिक रहेको बताइएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

काठमाडौमा पनि रिपोर्ट पोजेटिभ आएको सरकारी अधिकारीहरुले नै भनेका छन । धर्मगुरु भनिएका तीनै जनालाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बसिरहेको थिए ।

हेटौंडा स्थित वागमती प्रयोगशालाका अधिकारीले संक्रमण पुष्टि भएको र त्यसको जानकारी प्रदेश, संघ दुईटै सरकारलाई भइसकेको सीआईएनलाई जानकारी दिनुभयो । ‘संक्रमण भएको पपुष्टि भइसकेको छ’ ती अधिकारीले भन्नुभयो, ‘आजै संघीय मन्त्रालयले मिडिया ब्रिफिङका क्रममा सार्वजनिक गर्नेछ । साभार सी.आई.एन खबरबाट

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?