पर्सा,श्रीनारायण-महतो
पर्साको बीरगंज माहानरपालिका स्थित रहेको छप्कैया र घुसुकपूरमा रहेलको दुईवाटा मस्जिदबा हिजो साझ (शनिबार) प्रहरी छापा मारी गरी १९ भारतीय सहित २६ जाना मुस्लिमलाइ नियन्त्रणमा लिएको छ lवीरगन्जका मस्जिदमा लुकेर बसेका भारतका १९ मुस्लिम जमाती(धर्म प्रचारक) सहित थप २६ जनालाई नियंत्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बताए अनुसार नियन्त्रणमा लिएका २६ मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती, वीरगन्जका ३ जना मौलाना र भारतबाट पाहुना आएका ४ जनालाई नियन्त्रणमा लिएको जानाएको छ । नियन्त्रणमा लिएको २६ जानालाई वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताउनु बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताको संयुक्त प्रहरीको टोलीले छपकैयाको मस्जिदबाट ११ र घुसुकपुरको मस्जिदबाट १५ गरी २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको स्कटिङमा क्वारेन्टाइनमा पुर्याएको प्रहरी उपरिक्षक पन्तले बताउनु भयो । आज (आइतबार) कोरोना भाइरसलको संक्रमणको पुष्टि भएका तिनै जाना बसेका नै मस्जिदबाटनै प्रहरी शनिबार साँझ पुगेर थप २६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शनिबार साँझ मस्जिदबाट नियन्त्रणमा लिइएका २६ मध्ये १९ मुस्लिम जमातीहरु, भारतको दिल्ली र त्यस आसपास क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
उनीहरुलेआफूहरु दिल्लीको तबलगी जमातमा सहभागी भइ ३ महिना पहिलेदेखि नै धर्म प्रचारका लागि नेपाल आएको बयान दिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनु भयो । शनिबार साँझदेखि क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिदै प्रहरी उपरीक्षक पन्तले उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमै राखिने बताउनु भयो ।
तस्बीर:-अनपूर्णना पोष्टबाट