महोत्तरीमा कोरोनाको हल्ला गलत रहेको

५ years अगाडी teraibulletin

महोत्तरीमा कोरोनाको हल्ला गलत रहेको

तराइ खबर समाचारदातागौशाला,
महोत्तरीको गौशाला नगरपालिका भित्रमा कहिकतै पनि कोरोना भाईरस संक्रमित फेला नपरेको नगरपालिकाको कार्यालयले जनाएको छ।
आईतबार नगरप्रमुख शिवनाथ महतोद्धारा जारी प्रेस विज्ञप्तिमार्फत सो उल्लेख गरेका छन । नगरप्रमुख महतोले जारी गरेको प्रेस विज्ञिप्तमा यसभन्दा अगाडि समाजिक संजालमार्फत गलत सुचना सम्प्रेषण भएको भन्दै त्यसको पछाडि नलाग्न सवैमा सुचित गरिएको उल्लेख रहेका छन। साथै यस महामारीको समयमा यस्ता भ्रामक समाचार वा सुचना सम्प्रेषण नगर्नका लागि नगरप्रमुख महतोले सवैमा अनुरोध गरेका छन ।

यसभन्दा अगाडि विभिन्न समाजिक संजालमार्फत गौशाला नगरपालिका वडा नं. १० मा ३ जनामा कोरोना भाईरस संक्रमण भएको सुचना सम्प्रेषण भएका थिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?