पर्सा, श्रीनायारण-महतो
बिश्व माहारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट सरकारले गरको लकडाउनमा कृषकहरू बढ़ी मारमा पर्न बाध्य भएका छन। खेतमा लगाइएको तरकारी लटरम फलेको तर बेचन नपाएका किशानहरू खेतमा नै कुहिएको तरकारी हेरी बिलाप गर्नु साटो कुनै निकास नभएको बताऊँ थालेका छन l बर्ष भरी चामल कीनेर खाने कतिपय किसानहरू नगदे बालिको रुपमा बिशेष जोड़ दिएर मेहनत गरी तराकरी लगाउने गरेका छन l तर अहिले त्यही मेहनत खेर गएको हेरेर बिलाप गर्दै आफुहरू दुईतरफी मारमा परेको बताऊन थालेका
पर्साको बहुदरमाई नगरपालिका स्थित रहेको बिश्रामपूर,गम्हरिया,रपटनिमा बिशेष धान,गहू नरोपी बर्षबार तरकारी खेती नै गर्दै आएका छन। खेतमा लगाइएको टमाटर,मार्चा,रामतरोया,भान्टा लगायतका तरकारी बेचन नपाएर खेतमा नै कुहिने गरेको पर्सेली किसानहरू बताएका छ।
घाम बतासमा गरेको मेहनत गरेर उतपादन गरेको तरकारी बेचन नपाएको दुःख सुनाउदै पर्साको बहुदरमाई नगरपालिका वडा न:-५ पटनिका किसान लालन सहनी भन्छन घरमा भएको पैसा लगाएर खिति गरिएको तर बेचने समयमानै माहामारीको चपेटामा पर्दा घर न घाटको भएको जस्तो महसूस हुने गरेको बताएका छ ।
सहनी भन्छन धान गहुको साटो तरकारी लगाएकोले तरकारीनै बेचेर चामल कीनेर जिबिका चलाउदै आएको तर अहिले तरकारीनै बेचन नपाएर कोरोनाको डर भन्दा छाक टार्न चामल कसरी किन्ने त्रास सताउन ठाले ऊनि बताउछ्न । ऊनि जस्तै बारा,पर्सा लगायतको ठाउमा अहिले किसानहरू पीड़ित भएका छन ।