सांकेतिक;तस्बीर
पर्सा,श्रीनारायण-महतो
पर्सा १ बैशाख । जिल्ला प्रहरी कार्यालय बाराले अवैध रुपमा भन्डारण गरिएको ५७ बोरा छोकडा बरामद गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल १२ नम्बर गण उत्तझिटकैया, बाराको संयुक्त टोलीले सो परिणामको छोकडा बरामद गरेको हो ।
शनिबार साँझ ६ बजेको समयमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर २ टोल कान्तिपुरबाट अवैध रूपमा भन्डारण गरी राखिएको ५७ बोरा छोकडा छापा मारेर बरामद गरेको हो । बरामद छोकडा बीरगन्जका विभिन्न ठाउँबाट पिक अप गाडीमा लोड गरी विश्रामपुरमा लैजादै गरेको अवस्थामा बरामद भएको छ ।
स्थानीय गोपाल साह तेलीको घरमा भन्डारण गरी राखिएको विशेष सुचनाको आधारमा प्रहरीले छापा हानेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सोमबार जानकारी दिनु भेको छ।गोदामको कागजपत्र पनि नरहेको प्र जी अ पण्डितले बताउनु भयो l बरामद छोकडालाई आवश्यक कारवाहीको लागि बीरगन्ज भन्सारमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले बताउनु भएको छ ।