रौतहटमा पनि एक जना कोरोना सङ्क्रमित भेटिए : जम्मा सङ्ख्या १४ पुग्यो।

५ years अगाडी teraibulletin

रौतहटमा पनि एक जना कोरोना सङ्क्रमित भेटिए : जम्मा सङ्ख्या १४ पुग्यो।

काठमाण्डौ -रौतहटमा पनि कोरोना सङ्क्रमित भेटिएका छन् । आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।  पुष्टि भएका दुवैलाई अस्पताल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन ।सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकसल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको छ ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?