तस्बीर:-अन्नपूर्ण
पर्सा,श्रीनारायण-महतो
पर्सा १ गते बैशाख – पर्साको बीरगंज महानगरपालिकामा एकादी दिन ३ जाना भारतीयमा कोरोना संक्रमण भेटिएपछि बीरगंज माहानागरमा अहिले कोलाहल मचेको छ । नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोना संक्रमण भएको पुष्टि आइतबार भएको थियो ।यो खबर सार्वजनिक भएसँगै त्रासमा परेका नगरबासी अब भने लकडाउको पूर्ण पालनका लागि आफै लागी परेका छन ।
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि नै लकडाउन गरिएपनि वीरगन्जमा त्यसलाई अटेर गर्दै स्थानीय सडकमा निस्किने गरेका थिए । तर, आइतबार ३ जना संक्रमीत भेटिए आएसँगै वीरगन्जका सडक र टोल सुनसान भएको छ।लकडाउनमा निश्चित समयका लागि खुल्दै आएका तरकारी र किरानाका पसल पनि सोमबारदेखि भने स्थानीय प्रशासनले अर्को सूचना नआएसम्मका लागि बन्द गराइ दिएको छ ।
३२ वटा वडा रहेको महानगरमा स्थानीय आफैले आफनो टोलमा बाहिरका मानिस प्रवेशमा प्रतिबन्ध लगाएका छन् । संक्रमीत भेटिएको वीरगन्ज २ छपकैयालाई भने स्थानीय प्रशासनले नै आइतबार अपरान्हदेखि नै सुरक्षाकर्मी परिचालन गरेर शील गरिसकेको छ ।
अन्य वडामा भने सोमबारदेखि स्थानीय आफैले वडा प्रवेश गर्ने चोक चोकमा बाँसको बार लगाएर बाहिरका व्याक्तिलाई वडा प्रवेशमा रोक लगाएका हुन् । वीरगन्जको भिस्वा, घडीअर्वा , अशोकवाटिका , रानीघाट ,छपकैया, राधेमाइ , तेजारथ टोल लगायतका टोल प्रवेश गर्ने चोकमै स्थानीयले बासको बार लगाएर टाल प्रवेशमा प्रतिबन्ध लगाइएको सूचना बोर्डहरु राखिएको छ ।