लकडाउनको मारमा परेका बीरगंज माहानरपालिका वार्ड नं. १७ अलौंमा सर्बदलीय समितिद्वारा राहत बितरण ।

५ years अगाडी teraibulletin

लकडाउनको मारमा परेका बीरगंज माहानरपालिका वार्ड नं. १७ अलौंमा सर्बदलीय समितिद्वारा राहत बितरण ।

पर्सा,श्रीनारायण-महतो

पर्सा १ गते बैशाख – बिश्व ब्यापी रुपमा नै फैलिएको कोरोना भाइरसको माहामारीबाट बाच्नको लागी नेपाल अधिराज्य सरकारले गरेको लकडाउनको चपेटामा परेका असहाय तथा एकल महिला बिपन्न बर्ग लगायत लक्षित बर्गलाइ पर्साको बीरगंज माहानगरपालिका वार्ड नं १७ अलौंमा सर्बदलीय समितिद्वारा राहत स्वरूप खाद्यान बितरण गरिएको छ।

वडा अध्यक्ष सुखरानी कुमारी देबीको अध्यक्षतामा गठन भएको सर्बदलिय समितिद्वारा तथा समाजवादी पार्टी नेपालका जिल्ला सदस्य बिरेनदर प्रसाद यादवको पहलमा अलौंको साबिक वार्ड नं ३ र ४ का गरिब, जयालादारी, कमाइ खाई गरि चुलो बालने समुदायलाई राहत बितरण गरिएको वडा अध्यक्ष सुखरानी देबिले बताउनु भयो । सर्बदलीय समितिको निर्णय बमोजिम अलौंको १३५ जना तथा वडा नं ४ मा १७० जनालाई राहत राहत सामग्री बितरण गरिएको उहाले बताउनु भयो ।

राहत बितरण कार्यक्रममा बिरगंज महानगरपालिका वार्ड नं १७ का वडा अधिकृत राजेश राम सस्त्र प्रहरी बल बोडर आउट पोस्ट अलौंका इनसपेकटर रबि थापा तथा सिर्सिया प्रहरी चौकी का सई प्रकास रावत समाजवादी पार्टी नेपाल पर्सा का वडा इकाई सभापति धरमदेव प्रसाद यादव, लगायतको उपस्तिथि रहेको थियो ।

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?