महोत्तरीको गौशालामा आगाे बाट दुई घर जलेर नष्ट

५ years अगाडी teraibulletin

महोत्तरीको गौशालामा आगाे बाट दुई घर जलेर नष्ट

तराइ खबर समाचारदातामहोत्तरी,
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.२ निगाैल टाेलामा साेमवार विहान अागाे सलकेर दुई वटा घर जलेर नष्ट भएकाे स्थानिय राम प्रताप भग्तले जानकारि दिएकाे छ ।खाना पकाएर छाेडेकाे अागाे बिस्तारै बिस्तारै सलकेकाेले सत्यनाराण पासमान र राम वीर महताेकाे घर जलेकाे छ र घरमा रहेकाे कपडा लता तथा अनाज सहित करीव दुई लाखकाे क्षति भएकाे अनुमान गरिएकाे घर धनिहरुले जनाएका छन।

अहिले काेराेना भाइरसकाे कारण लक डाउन भएकाेले स्थानियहरु घरमा रहेकाेले उहाँहरुकाे सहयाेगमा अागाेलाई नियन्त्रण लिएकाे उनिहरुले जनाएका छन।

दुवै जना अति विपन्न परिवार रहेकाेले अब उनी छाक टार्न समस्या भएकाे छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?