पर्साको जगरनाथपूर गाउपालिका अध्यक्ष मिया संकाको घेरामा:स्वाब परिक्षणको लागी नमूना संकलन ।

५ years अगाडी teraibulletin

पर्साको जगरनाथपूर गाउपालिका अध्यक्ष मिया संकाको घेरामा:स्वाब परिक्षणको लागी नमूना संकलन ।

 

पर्सा,श्रीनारायण महतो

पर्सा १ गते वैशाख  – पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मीयाँसहित उहाको परिवारको १८ जना परिवार संकाको घेरामा तानिएका छन l कोरोना संक्रमित जमातीहरुसँग सम्पर्कमा रहेका अध्यक्ष जालिम मियाँ सहित उहाको परिवारका १८ जनाको स्वाब परिक्षणका लागि नमूना संकलन भएको हो ।

जमातीहरुको खाने बस्ने व्यवस्था मिलाउने क्रममा मियाँ संक्रमितहरुको सम्पर्कमा रानू भएको थियो । गाउपालिका अश्यक्ष मियाँको घरमा १८ जना रहँदै आएकाको स्थानीयले बताएका। नारायणी अस्पतालबाट बीरगञ्जबाट गाउपालिका अध्यक्षको घरमापुगेको स्वास्थ्यकर्मीहरुको टोलीले अध्यक्ष मिया सहित सबै परिवारको नमुना लिएर परिक्षणका लागि हेटौंडा पठाइएको छ ।

गाउपालिका अध्यक्ष मियाले नै जमातीहरुलाई सीमा कटाएर नेपाल ल्याउनेदेखि बीरगंजका विभिन्न ठाउँमा राख्न व्यवस्था गर्ने गरेको समाचार सार्बजनिक भए पछि मिया अहिले पर्सा प्रहरीको निगरानीमा रहनु भएको छ  ।

 

जालिमको घरमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएका प्रहरीले निगरानी सहित सुरक्षा दिइरहेका छन् ।यता, स्वास्थ्यकर्मीको टोली जाँदा सँगै पुगेका स्थानिय संचारकर्मीहरुलाई अध्यक्ष मियाँलर अपशब्द प्रयोग समेत गरेका छन् । गालीगलौज गर्दै आफ्नो बारेमा समाचार लेख्नेहरुलाई उहाले दुर्ब्यावाहार समेत गर्नु भएको संचार कर्मिले गुनासो गरेका छन ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?