आज मन्त्रिपरिषदको बैठक बस्दै लकडाउन लम्ब्याउने सरकारको तयारी ।

५ years अगाडी teraibulletin

आज मन्त्रिपरिषदको बैठक बस्दै लकडाउन लम्ब्याउने सरकारको तयारी ।

काठमाडौं १ गते बैशाख – सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै थप एक हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ । लकडाउन थप गर्न मंगलबार बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्नेछ । बैठकले वैशाख १० गतेसम्म लकडाउन थप गर्ने तयारी रहेको उच्च स्रोतले जानकारी दिएको छ ।

सरकारले पछिल्लोपटक थप गरेको लकडाउन बुधबार सकिँदैछ । सरकारले एक हप्ता लम्ब्याएमा वैशाख १० गते बन्दाबन्दीको एक महिना पूरा हुनेछ ।सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो ।

त्यपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो । नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या १४ पुगेको छ । जसमध्ये तीन जना भारतीय नागरिक रहेका छन् । पहिलो संक्रमित भने उपचारपछि निको भइसकेका छन् ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?