अझ कोरोना उतसर्गमा अमेरिकामा साढे २३ हजार भन्दा धेरैले ज्यान गयो: इटालीमा २० हजार बढीको मृत्यु।

५ years अगाडी teraibulletin

अझ कोरोना उतसर्गमा  अमेरिकामा साढे २३ हजार भन्दा धेरैले ज्यान गयो: इटालीमा २० हजार बढीको मृत्यु।

काठमाडौं २ गते बैशाख – कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ। वल्डोमिटरको आज विहानको तथ्यांक अनुसार त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ३ सय ७७ छ।

विगत २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्। त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ। त्यहाँ विगत २४ घण्टामा ५ सय ८३ जनाको ज्यान गएको छ। इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ।

इटालीमा संक्रमितको संख्या १ लाख ६० हजार छ। त्यस्तै स्पेनमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ भने त्यहाँ विगत २४ घण्टामा ७ सय १७ ले ज्यान गुमाएका छन्।  विश्वमा मृतकको संख्या १ लाख १९ हजार ५ सय ८७ रहेको छ भने १९ लाख २३ हजार भन्दा बढी संक्रमित छन्। विश्वभर ४ लाख २३ हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन्। :-बी.बी.सी

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?