पर्सा,श्रीनारायण-महतो
पर्सा २ गते बैशाख – रौतहटमा आइसोलेसन कक्ष भएको अस्पताल नभएकाले फेला परेका कोरोना संक्रमित युवकलाई पर्साको बीरगन्जस्थित नारायणी अस्पताल ल्याइएको छ ।
रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतिपुर टोलका कोरोना संक्रमित १९ वर्षीय ती युवालाई थप उपचारको लागि नारायणीमा राखिएको बताइएको छ ।उनलाई थप उपचार गर्न उनलाई आज (मंगलबार)बिहान बीरगंजको नारायणी अस्पताल ल्याइएको हो । यस अघि फेला परेका तिन जाना भारतीय नागरिकलाइ नारायणी अस्पतालमा नै उपचार भईरहेको छ ।