प्रदेश २ मा बिशेष निगरानी, सिलबन्दी गर्ने तयारी

५ years अगाडी teraibulletin

प्रदेश २ मा बिशेष निगरानी, सिलबन्दी गर्ने तयारी

तराइ खबर समाचारदाताधनुषा ,
प्रदेश २ मा ४ जना कोरोना संक्रमित फेला परेपछि प्रदेश सरकारले विभिन्न ठाउँलाई बिशेष रुपमा निगरानी बढाएको छ। आवश्यक परे स्थान विशेषलाई सिल गर्ने सम्मको तयारी गरेको छ ।

खासगरी संक्रमित देखिएका व्यक्ति पुगेका ठाउँहरुलाई प्रदेश सरकारले ‘हट स्पट’ को रुपमा राख्दै त्यहाँ उच्च निगरानी बढाएको छ । ‘सुरुमा ती स्थानमा चेक जाँच र निरीक्षण गरिनेछ,’ प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले अनलाइनखबरसँग भने, ‘सिल गर्नुपर्ने अवस्था आए, त्यो पनि गरिनेछ ।’

तीन जना कोरोना संक्रमित फेला परेका वीरगञ्जको वडानम्बर २ को पूरै भूभाग, सप्तरीको बोदेबर्साइनमा भएको मुस्लिम धार्मिक सभास्थलसहित १२ ठाउँमा सिल गर्न सकिने मन्त्री यादवले जानकारी दिए ।

यो पनि पढ्नुहोसवीरगञ्ज बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

यी ठाउँहरुमा उच्चस्तरीय सुरक्षा समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मीले जाँच तथा अनुगमन गर्ने मन्त्री यादवले बताए । ‘त्यसपछि जुन ठाउँको अवस्था शंकास्पद देखिन्छ, त्यो ठाउँलाई तत्कालै सिल गरिन्छ,’ उनले भने ।

उनले यसका निम्ति सुरक्षा समितिका उच्च अधिकारीहरु सोमबारै स्थलगत अनुगमन सुरु गरिसकेको बताए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?