पर्सा,श्रीनायारण-महतो
बैसाख २ गते विरगंज- पर्साको पकाहामैनपुर गाउँपालिकामा स्थानियाले राहत नै लीन मानेका छैनl पकहामैनपुर गाउपालिका वाड न:-३ मैनपूर टोलका जनताले गाउँ कार्यपालि द्वारा वितरण गर्न लागिएको राहत लिन मानेका छैन।
गाउँपालिकाका वाड न:- ३ मैंपूरका मैनपूरका अध्यक्ष मदन साह कानुले रुस्ट भएका जनतालाई समझाउदा पनि उनीहरू राहत लिन नमाने पछि राहत वितरण टोली फर्किनु बाध्य भएको छ । वाड अध्यक्ष मदन साह कानुले ४०० परिवारको लागि प्रति परिवार राहत स्वरूप १० किलो चमाल, आधा किलो दाल,१ किलो प्याज,२ किलो आलु,आधा किलो चना, आधा किलो सोयाबीन र आधा लिटर खाने तेल लगायतका खाद्यान वितरण गर्न जानू भएको थियो ।
गाउपालिकाको वडा अन्तर्गत बसने गाउँलेको भनाइ अनुसार त्यो मात्र वाडको लागि गाउँपालिकाको कार्यालयले ४ लाख बराबरको रकम छुटयाएको बातौदै सो रकम बराबरको राहत बितरण हुनु पर्ने अड़ान राखेका ।
साथै गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया लाई बोलाएर के कति रकम को राहत वितरण हुदै छ सो जानकारी लिन खोजेका थिए ।बोलाउदा गाउँपालिका अध्यक्ष नआए पछि जनता आक्रोशित भएका भएका छन lराहत रकम मा अनियमिता भएको र रकम बराबरको पनि राहत आफ्नो टोलमा नआए पछि स्थानीय आक्रोशित भएको र राहत वितरण बहिष्कार गरेको एक स्थानीय बासी अनिल पटेलले बताउनु भयो ।