बढ्दै गएको कोरोनालाइ मध्यनजर गरी निजी अस्पताललाई अस्थायी कोरोना अस्पताल बाउन बीरगंज महानगरद्धारा प्रस्ताव पेश गर्न आवहान ।

५ years अगाडी teraibulletin

बढ्दै गएको कोरोनालाइ मध्यनजर गरी निजी अस्पताललाई अस्थायी कोरोना अस्पताल बाउन बीरगंज महानगरद्धारा प्रस्ताव पेश गर्न आवहान ।

पर्सा,श्रीनारायण-महतो

बीरगन्ज २ गते बैशाख नेपालमा पाछिलो दिनमा बढ्दै गएको नोबेल कोरोना भाइरसलाइ मध्यनजर परी प्रदेश दुईको एक मात्र माहानरपालिका बीरगंज माहानरपालिकाले निजी अस्पताललाई अस्थायी कोरोना अस्पताल बनाउने भएको छ । बीरगंज नारायणी अस्पताल बाहेकको कुनै पनि कोभिड अस्पताल नभएको भन्दै महानगरले यस्तो तयारी गरेको हो ।

कोरोना संक्रमितको संख्या बढेमा पर्साको बीरगंजस्थित रहेको नारायणी अस्पतालले मात्र धान्न नसक्ने भएकोले निजी अस्पताललाई अस्थायी रुपमा कोरोना अस्पताल बनाउने तयारी भएको बीरगज्न महानगरपालिका निमित्त प्रशासकिय अधिकृत अरुण कुमार महतोले जानकारी दिनुभयो।

निमित्त प्रशासकिय अधिकृत महतोको अनुसार बीरगन्ज महानगरपालियकाले अस्थायी कोरोना अस्पताल सन्चालन गर्न भन्दै निजी अस्पताललाई प्रस्ताव पेश गर्न आवहान गरेको छ ।

आज (मंगलबार) एक सूचना जारी गर्दै बीरगंज महानगरले तीन दिन भित्र निजी अस्पतालाई प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्न उल्लेख गरेको छ ।साथै, प्रस्ताव पेश गर्ने अस्पताल कम्तीमा ५० शैयाको हुनपर्ने र भेन्टिलेटर तथा आइसियुको सुविधा भएको हुनुपर्ने महानगरपालिकाले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?