धर्मेन्द्र कुमार यादव
बिश्वमै ठूलो महामारीको रुपमा अगाडी बढिरहेको कोरोना भाइरस(Covid 19) का कारण बिश्वकै जनजिवन प्रभाबित बनेको छ। कोरोना भाइरस बाट बच्न देश बिदेशले बिभिन्न उपायहरु अपनाए संगै लक डाउन र कर्फ्यु समेत लगाएको छ। बास्तवमा यस बाट बच्न लक डाउन नै सब भन्दा उतम उपाय रहेको छ।
देश व्यापी रुपमा फैलिएको भाइरस संग बच्न सरकारले लकडाउनको लगाएको छ तर महोत्तरी जिल्लामा यसको खासै प्रभाव परेको छैन। शहरी क्षेत्रमा केही प्रभाव परे पनि गाउमा १०% सम्म प्रभाव मात्र परेको देखिन्छ। दैनिक रुपमा काम गर्नेहरु आफ्नो काम गरिरहेको छ भने यस समयमा गेहु काट्ने हरुले पनि काममा व्यस्त रहेको छ। गाउ गाउमा पसलहरु खोलिएको हुन्छ भने विभिन्न चौक चौकमा व्यापक भिड देखिएको छ।
नेपाल सरकारद्वारा खटाइको नेपाल प्रहरी लगायत शशस्त्र प्रहरी बलले लकडाउन पालन नगर्नेहरुलाइ पटक पटक भने पनि स्थानियहरुले लकडाउन उलंघन गरेको छ।
यसरी लकडाउन नभएको बेला पनि स्थानिय सरकारले धमाधम रुपमा राहत बितरन गरिरहेको छ। प्रदेश सरकारले जारी गरेको निर्देशन अनुसार प्रत्येक गाउपालिकाले\ नगरपालिकाले राहत बितरन गरिरहेको छ। ठाउँ ठाउमा झडप हुदा पनी प्रहरी लगाइ राहत बितरन गर्ने गरिन्छ।
कोरोना बाट बच्न कम्तिमा १ मिटर भन्दा बढिदुरी बनाइ
राहत बितरन गर्नु पर्छ तर महोत्तरीमा भिडभाडका साथ राहत बितरन गरिएको छ। कोरोना भाइरसलाइ इटलीले गरे जस्तै हाम्रो देश नेपालले पनी माजाक बानाइएको छ।
राहत बितरनमा रजनिती किन ?
कोरोना भाइरसका कारन देशव्यापी रुपमा लगाइएको लकडाउन लाई मध्य नजर गर्दै प्रदेश सरकारले निर्देशिका जारीगरी राहत बितरन गर्ने गरेको छ। प्रदेश सरकारले जारी गरेको राहत बितरन कार्यलाइ स्थानिय तहले विभिन्न वाडामा राहत बितरन गर्न वाडा अध्यक्षहरु लाई जिम्मा दिएको छ। यस्तो माहामारीको समयमा पनी राहत बितरन गर्दा आ आफ्नो मान्छेलाई मात्र राहत भेट्ने गरी नामाबली तयार गरिन्छ र बाट्ने गरिको छ।