गहू भित्रियाउने बेलामा पानी पर्दा किसान चिन्तित:दोहरो पिडामा परेको उनिहरुको गुनासो ।

५ years अगाडी teraibulletin

गहू भित्रियाउने बेलामा पानी पर्दा किसान चिन्तित:दोहरो पिडामा परेको उनिहरुको गुनासो ।

पर्सा ३ गते बैशाख- सरकारले गरेको लकडाउन र आज(बुद्धबार) परेको पानीले गर्दा किसानहरू दोहरो मार्कामाँ परेका छन। किसानको लगी बितिदै गरेको चैत्र र लाग्दै गरेको बैशाख यो महीनामा बर्ष भरी खानको लागी लगाइएको गहुबाली भित्रियाउने चटारो हुन्छ । यो महिनामा किसानहरू अधिकांस समय खेतबारिमा नै बिताउने गर्छन ।

गहू कातने बाधने त्यसलाई थ्रेसरमा दाउने र घरमा भित्रियाउने कार्यम ब्यस्त देखिने किसान यसपाली भने मेहनत गरी लगाइएको बाली आफ्नै आखाको सामू नष्ट हेर्नु बाहेकको अर्को बिकल्प नरहेको बताउदै किसानहरू बिलाप गर्न थालेका छन ।

बिश्व महामारीको रुपमा नै फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बचनको लागी सरकालले देशभर नै लकडाउन गरेकोले बिभिन्न क्षेत्रहरू प्रभाबित भईरहेको बेला बिशेष रुपमा अहिले किसानहरू पीड़ा खेप्न बाध्य छन ।

बारा,पर्सा,रौतहट लगायत मध्यतराईको किसानले लगाएका गहूबाली कतिपय किसानले काट बाँध गरी खेतमा नै जम्म गरी राखेका छन भने कतीले काटेका समेत छैन्न ।यस्तो समयमा बुधबार परेको पानिले किसानहरू झन चिन्तिंत भएको पर्साको बहुदरमाई नगरपालिका वडा न;-९ बिश्रामपुरका किसान रामबालक महतोले बताउनु भयो ।

माहामारीबाट बाच्दा बाच्दै भुकमरीको दिन नदेखन परोस भनी उहाले जिज्ञासा प्रकट गर्नु भयो ।पाच छोरी र एक छोरा गरी ७ सन्तानका अभिभावक रहनु भएको महतो खेतीपाती गरी नै आफ्नो परिवारको आवश्यकता पूरा गर्ने गरेको बताउनु हुन्छ । एक-एक रुपैया जम्मा गरेर खेती गरेको बताउदै महतोले यसपालिको हाम्रो सबै मेहनत खेर गयो भन्दै दु:खेसो पोख्नु भयो ।

अहिले सम्म गहू काटन न पाएको दुःख सुनाउदै पर्साको पोखरिया नगरपालिका शिवबार्वाका रुपालाल साहले हामीलाई कसले हेर्ने नत बैंकले ऋणनै मिन्हा गर्छ नत्र केन्द्रको सरकार नै हाम्रो दुःख बुझ्न आउछ्न भन्दै आक्रोश ब्यक्त गर्नु भयो ।

उहाहरू जस्तै अझ पीड़ा कतिपय किसानहरू खेपी रहेका छन । खेतमा लागाइएको तारकारी समेत लटरम फलेर समयमा बेच्न नपाएकोले कुहिन थालेको कती जानाले गुनासो गरेका छन भने कतीले सरकार संग हाम्रो लागी समेत राहत प्याकेज घोषणा गर्न मग गरेका छन।:-श्रीनारायण महतो तराई खबर बीरगंज

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?