तराइ खबर सामाचरदाता–गौाशाला,
भारतबाट भागेर नेपाल आएका ११ जनालाई महोत्तरी जिल्लाको गौाशाला नगरपालिकामा रहेको क्वाइरेन्टाईनमा राखिएको छ।
बुधबार विहान ३ बजे भारतको कन्हवा बोर्डरको SSB को क्वाईरेन्टाइनबाट भागेर नेपाल छिरेका ११ जनालाई महोतरीको गौशाला स्थित त्रिभुवन मावि गौशालामा रहेको क्वाईरेनटाइनमा राखिएको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले जानकारी दिनु भएको छ।
एका विहानै भारतबाट गौशालाको क्वाइरेनटाइन सम्म आएर वडा नं. ३ का वडाअध्यक्षको सम्पर्कमा आएपछि वडा अध्यक्षले नै गौशालाको क्वाईरेनटाइनमा ल्याएको र सबैजना नेपाल कै रहेको मेयर महतोले बताउनुभयो । ११ जना मधये ९ जना गौशाला नगरपालिकाका, १ जना लोहरपट्टी नगरपालिकाका र १ जना सप्तरीका रहेका छन।
यसैविच बुधवार नै गौशाला स्थित मावी रजखोर क्वाईरेन्टाईमा रहेको ५ जनालाई आफ्नो घर पठाईएको छ । यिनीहरुलाई १६ दिनपछि चेक जाँच गर्दा नेगेटिभ देखिएकोले बुधवार घर पठाईएको मेयर महतोले जानकारी दिनुभयो।