कोरोना भाइरसको बढ्दो संक्रमितलाइ मध्यनजर गरी सप्तरीको दुई स्थानीय तहमा सिलबन्दी गर्यो ।

५ years अगाडी teraibulletin

कोरोना भाइरसको बढ्दो संक्रमितलाइ मध्यनजर गरी सप्तरीको दुई स्थानीय तहमा सिलबन्दी गर्यो ।

 

सप्तरी सम्बादाता, ३ गते बैशाख– सप्तरी जिल्लामा दुईवाटा स्थानीय तहमा सिल गरिएको छ  । र्यापिड डाइनोष्टिक टेष्टमा दुई जनामा नोबेल कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण पोजेटिभ केस पाइएपछि दुई वटा स्थानिय तहलाइ आज सिल गरिएको हो ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १ तिलाठी र खडक नगरपालिका वडा नं. ११ जाजरलाई शिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । भारतको दिल्लीमा भएको मरकजबाट फर्केका ७ जनाको हिजो (मंगलवार) राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ¥यापिड डाइनोष्टिक टेष्ट गर्दा दुई जनामा कोरोना पोजेटिभ पाईएको थियो ।

र्यापिड डाइनोष्टिक टेष्टबाट कोरोना भाइरसको संक्रमणको पोजिटिभ केस पाईएक दुबई जना त्यही वडा स्थायी बासिन्दा रहेकोले सिल गरिएको जिल्ला सुरक्षा समितिले जानाएको छ  जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गर्दै शिल गरिएको हो ।

वडाहरुलाई शिल गर्दै सो स्थानमा ब्यापक सुरक्षा सर्तकर्ता बढाईएको र ती दुबै जनाको सम्पर्कमा आएका व्यक्तिहरुको समेत खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?