प्रोफाइल:तस्बीर
पर्सा,श्रीनारायण-महतो
पर्सा ३ गते बैशाख –जनताको बिभिन्न मुद्दा,समस्या,गुनासो लिएर जिल्ला हुदै सडक देखि सदन सम्म तताउने सांसद प्रदीप यादव यो माहामरीको समयमा आफै होम क्वारेनटाईन बसेक बसेको भए पनी जनताको जीवन रक्षा गर्नको लागी सरकार संग माग गर्नु भएको छ l
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद यादवले बीरगंजको सिल गरिएको छपकैयाका जनताको जीवन रक्षाको माग गर्नु भएको छ । जनताको जीवन रक्षाका लागि तुरुन्त सहज रुपमा खाद्यान्न आपुर्ति गर्न र र्यापिड टेस्ट गर्न माग गर्नु भएको छ ।
एकै दिन एकै ठाउ बीरगंजको छपकैया भारतीय नागरिकमा नोबेल कोरोना भाइरसको संक्रमण देखा परे पछि जनताको सुरक्षाको लागी प्रशासनले सो क्षत्रे सिल गर्नु आवश्यक रहे पनि त्यहाँका मानिसको जीवन भने जोखिनमा रहेको भन्दै उहाले सम्बन्धित निकायको ध्यानाकर्षणगराउनु भएको छ ।
आज (बुधबार) एक प्रेस विज्ञप्ति निकाल्दै उहाले बीरगंजको छपकैयामा अत्यावश्यक वस्तुको अभाव भई मानिसहरु भोकमरीको चपेटामा पुगेको भन्दै जनताको जीवन रक्षाका लागि अत्यावश्यक वस्तुको आपुर्तिको यथासिघ्र व्यवस्था मिलाउन गृह मन्त्रालयसँग मांग गर्नु भएको छ ।यसै गरी सांसद यदावले सिल गरिएको बीरगंज छपकैया क्षेत्र घरघरमा र्यापिड टेस्ट’ गर्न समेत मांग गर्नु भएको छ ।