जनजीवनलाइ दृष्टिगत गर्दै तरकारी बाजार खोल्न दिने स्थानीय प्रसाशनको निर्णय ।

५ years अगाडी teraibulletin

जनजीवनलाइ दृष्टिगत गर्दै तरकारी बाजार खोल्न दिने स्थानीय प्रसाशनको निर्णय ।

सांकेतिक:तस्बीर

पर्सा,श्रीनारायण-महतो

पर्सा ३ गते बैशाख –प्रदेश दुईको एक मात्र महामानागरपालिका बीरगंजमा भोलीदेखी (बिहीबार) अत्यावश्यक वस्तुका पसल खोल्न पाइने भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार साँझ सूचना जारी गर्दै औषधि ,खाद्यान्न, किराना, तरकारी,दुध, ग्यासलगायतका पसलहरु खोल्न पाइने जनाएको हो।

जिल्ला प्रसासन कार्यालय पर्साको अनुसार जतिसक्दो प्रभातिय समयदेखि बिहान ७ बजेसम्म मात्र खोल्न पाइने जनाएको छ भने औषधी पसल २४ सै घण्टा खोल्न सकिनेछ। गत चैत्र ३० आइतबार बीरगंजमा ३ जना कोरोना संक्रमित फेला परेपछि कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला भरिकै औषधी पसलबाहेक अन्य पसलहरु स्थानीय प्रशासनले पूर्ण रुपमा बन्द गराएको थियो।

खाद्यान्न तथा तरकारी पसलहरु बन्द भएसँगै यहाँको जनजिवन प्रभावित भएपछि भोली देखि (बिहीबार) तोकिएको समय सिमामा पसल सन्चालन गर्न दिइने जिल्ला प्रसासन कार्यालय पर्सेले जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्धारा जारी सो सूचनामा तोकिएको अत्यावश्यक वस्तुहरु बाहेकको पसलहरु बाहेक साँधुरा गल्लि, ठेलागाडा र चोकहरुमा भने बिक्री वितरण गर्न नपाइने उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी ५ बुँदे सो सूचनामा अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिमबाट परै रहन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दूरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयंको हुने जनाइएको छ। अन्यथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिनेछ।

सामान खरिद गर्दा व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ। तथा तरकारी बजार र खुला स्थानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न पाइने छैन र कोही कसैलै होम डेलिभरी गर्न चाहेमा भने त्यसलाई प्रोत्साहित गरिने समेत जनाइएको छ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?