पर्साको बहुदरमाई नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु।

५ years अगाडी teraibulletin

पर्साको बहुदरमाई नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु।

पर्सा,श्रीनारायण-महतो
पर्सा ३ गते बैशाख –पर्सामा एका जानालाई करेन्ट लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुर, छपकैया टोलका ३५ वर्षीय युवक मनोज कुशवाहा रहेका छन्।कम्बाइन हार्भेस्टरबाट गहुँ दाइँ गर्नको लागी फुलाकवल गाउँमा तार सार्न लाग्दा करेन्ट लागेर मृत्यु भएको उनका परिवारजनले जनाएको छ।

 

११ हजार भोल्टको तारमा उनी टाँसिन पुग्दा करेन्ट लागेको प्रत्याक्षदर्शीले बताएका छन। उनको शवको पोस्टमार्टम नारायणी अस्पताल गरीए पछि आफन्तको जिमा लगाइएको आफन्तजन श्यामकिशोर कुशवाहाले जानकारी दिनु भयो ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?