बाराको कलैया उपमाहनगरपालिकाको मटीअर्वामा लकडाउनको मारमा परेकालाइ राहत बितरण ।

५ years अगाडी teraibulletin

बाराको कलैया उपमाहनगरपालिकाको मटीअर्वामा लकडाउनको मारमा परेकालाइ राहत बितरण ।

पर्सा,श्रीनारायण-महतो ३ बैशाखविश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमण राेकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभाबित कलैया उपमहानगरपालिका वडा नम्बर १० का बिपन्न परिवारहरुलाई राहत स्वरुप खाद्यन्न समाग्री वितरण गरिएको छ । वडाध्यक्ष चन्देश्वर प्र.गुप्ता अगुवाईमा वडा अन्तर्गतका विपन्न परिवारका लागि राहतमा खाध्यान्न सामग्री वितरण गरिएको उहाले बताउनु भयो ।

 

राहतका लागि वडामा रहेका १२१० घरघुरी अति विपन्नको पहिचान गरि राहत वितरणको काम भैरहेको वडाध्यक्ष गुप्ताले बताउनु भयो । राहतमा प्रति परिवार १५ केजी चामल,१ केजी दाल, ५ केजी,नुन १ प्याकेट र खाने तेल ५०० ग्राम वितरण गरिएको वडा अध्यक्ष गुप्ताले बताउनु भयो ।कोरोना महामारी फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जीवन यापन गर्दै आएका विपन्न परिवारको जीवन रक्षार्थ राहत वितरण गरिएको हो।

वडामा रहेका विपन्न परिवारको पहिचान र राहत वितरणका लागि विभिन्न दलका प्रतिनीधि, सेना, प्रहरी र जनप्रतिनीधिहरुको वडा स्तरिय सर्वदलिय समिति बनाई बितरण गरिएको वडा अध्यक्ष गुप्ताले बताउनु भयो l राहत वितरण कार्यमा वडाध्यक्ष गुप्तासहित वडा सचिव खेदु मिया अंसारी , वडा सदस्यहरु मटिअर्व़ा चौकीका प्रहरी निरीक्षक लक्ष्मण केसी लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?