धर्मेन्द्र कुमार यादव–महोत्तरी
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा-७ का अध्यक्ष जितनारायण माझीको नेतृत्वमा दुई दिन देखि राहत बितरण कार्य भईरहेको छ ।
नगरपालिका बाट प्राप्त भएको १,५०,००० रकमले वडामा रहेका गरिब, असहाय, बिपन्न समुदायहरुलाई १० केजी चावल, १ केजी दाल, १/२ लिटर खाने तेल र १ केजी नुन गरेर २८० जनालाई राहत बितरण कार्य गरिएको थियो छ।
स्थानीय निकायले बिपतको समयमा दिएको राहत सराहनीय रहेको साथै गुणस्तरीय समेत रहेको कुरा राहत लिन आएका स्थानीय सबित्री देबीले बताएका छन , वाहाले अगाडि भनुभयो कि यति राहत बाट पुग्दैन , सिमित राहत बाट लकडाउन अबधी सम्म छाक तार्न समस्या हुनेछ।
नेपाली नागरिकताको लागि लामो समय सम्म प्रयास गरिरहेका नेपाली नागरिक बिनोद साहले पाए राहत ।
सोही वडाका निबासी बिनोद साह अति गरिबी अबस्थामा जिबनयापन गर्दै आईरहेका थिए। लकडाउनको कारण वहाँको परिवार भोक भोकै बस्न बाध्य बनेका थिए। त्यतिकैमा वहाँ राहत बितरण ठाउँमा पुग्नु भयो अनि भन्नू भयो, म लाई नागरिकता छैन के म राहत पाउन सक्छु ? वडा अध्यक्षले वहाँको कुरा सुनेर भाबुक हुनु भयो अनि भन्नू भयो नागरिकता न भएकै कारण हजुर राहत बाट बन्चित हुन पाउनु हुन्न अनि वहाँले राहत दिनु भयो । राहत पाउदै बिनोदले भन्नू भयो स्थानीय सरकारले दिएको राहत चमत्कार जस्तै भएको छ, मैले सोचेको पनि थिएन । साथै स्थानीय निकायलाई धन्यवाद दिनुभयो ।
उक्त समयमा स्वास्थ्यकर्मी, मानव अधिकारकर्मी, सुरक्षाकर्मी लगायतका सह्भागीहरु थिए।