पर्सा,श्रीनारायण-महतो ३ बैशाख पर्साको पर्सागाढ़ी नगरपालिकामा राहत बितरणको लागी प्रभाबित परिवारको पहिचान गर्ने कार्य आजबाट (बिहीबार) सुरु भएको नगरकार्यपालिकाको कार्यालय पर्सागढ़िले जनाएको छ ।विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारले गरेको लकडाउनबाट प्रभाबित भएका उक्त नगरपालिका अन्तरगत रहेकालाइ पचिचान गर्ने कार्य सुरु भएको ।
आज पर्सागाढ़ी नगरपालिकाका मेयर लोकनारायण यादव,उपमेयर अर्चना चौधरीले र प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले उक्त नगरपालिकामा रहेका श्रमिक,बिपन्न,असक्त घरधुरीमा खाद्यान्न प्याकेज राहत बितरण कार्यमा सहजीकरण तथा अनुगमन गर्नु भएको छ।यसबारे थप जानकारी लीन खोजदा नारापालिकाको मेयर यादवको मोबाइल नै स्विच ऑफ भएकोले उहाको प्रतिक्रयालाइ समेटन सकिएको छैन ।