पर्सा,श्रीनारायण-महतो ३ बैशाख-बिश्वब्यापी महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचाउन सरकार ले गरेको लकडाउन कारण दैनिकी मजदुरी गरेर खानेहरुलाई धेरै दिन भएपछी समस्या देखिएकोमा पर्साको पोखरिया नगरपालिकाले अाज (बिहीबार) राहत बितरण गरेका छन।
पोखरिया नगरपालिकाको सहयोगमा वार्ड नं ३ बसनपुर का दलित ,गरिब,बिपन्न परिवार हरु लाई बितरण गरिएको छ। पोखरिया नगरपालिका को वार्ड नं३ बसनपुर ,फुलवरिया का १६० जना लाई राहत बितरण गरिएको पोखरिया नगरपालिका को नगरप्रमुख दिपनारायण रौनियले जानकारी दिनु भयो।नगरप्रमुख रौनियारले प्रतेक वार्डमा सर्बदलिय बैठक बसी दलित,गरिब ,अतिबिपन्न परिवारहरुलाई पहिचान गरि नगरपालिकामा जनकारी दिएपछी राहत स्वरूप खद्यान समाग्री बितरण गरिएको बताउनु भयो ।
नगरपालिकामा कुनै दलित, गरिब,बिपन्न, जनताहरु भुखै बस्न नपरोस भन्दै सबैको घर को चुलो बरोस भन्दै खाद्यान समाग्री राहत बितरण गरिएको नगरप्रमुख रौनियारले बताउनु भयो । खद्यान राहत बितरण मा चावल २५ किलोग्राम ,मसुरोदाल २ किलोग्राम ,खानेतेल एक किलोग्राम नुन २ किलोग्राम ,अालु पाँच किलोग्राम ,प्याज दुई किलोग्राम ,मसौरा ५सयग्राम,कपडा धुने साबुन २ वटा,नहाउने साबुन २ वटा रहेको नगरप्रमुख रौनियरले जानकारी दिनु भएको छ ।
राहत बितरण कार्यक्रममा उपमेयर सलमा खातुन, ले भनिन नगरबासीहरु लाई कोरोना भाईरसबाट बचन लकडाउनको पालन गर्न बताउदै उहाले लकडाउनमा घर बाहिर नजान घरमा बस्न, तिन फिटको दुरी अपनाउन र साबुन पानीले हाथधुनुको साथै मास्क लगाएर बस्न अाग्रह समेत गर्नु भयो ।
वार्ड अधयक्ष अजय कुमार गुप्ताको अध्यक्षतामाभएको राहत बितरण कार्यक्रममा संविधान सभा सदस्य रामेश्वर रौनियार, नेकपाका पारस प्रसाद तेली,शंकर प्रसाद यादव, नगरपालिकाको समाजिक बिकास शाखा प्रमुख बिनोद पाण्डे ,मेयरका स्वकिय राजु रौनियार, नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियोे । राहत बितरणमा तिन फिटको दुरी अपनाएर खद्यान बितरण गरिएको छ।