लकडाउनको कारन महोत्तरीमा खाधकाे अभाव

५ years अगाडी teraibulletin

लकडाउनको कारन महोत्तरीमा खाधकाे अभाव

तराइ खबर-महोत्तरी,
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(काेभिड १९) काे कारण देश भर लक डाउन प्रणालि लागू भए देखि खाधकाे अभाव भएकाे छ। अन बालीमा खाध राख्नु पर्ने समयमा अभाब हुदा किसानहरु चिन्तित बनेका छन। गाैशाला,राम गाेपाल पुर,अाैरही नगरपालिका र सम्सी गाउपालिका तथा साेनमा गाउँपालिकामा लक डाउन कडाई गरेकाे कारण खाधकाे अभाव भएकाे साेनामा गाउँपालिका वाडा नं ३ का किसान मुकेश यादवले वताएका छन।

अहिले मकै,काेदाे तथा उखुँमा तथा तरकारी खेतीमा छिर्न खाधकाे अाबश्यकता भएकाेले किसानहरु खाधकाे लागि छटपट्टि रहेका छन। अहिलेकाे समयमा उव्जाएकाे वालि नालि नष्ट हुँदै अाईरहेकाेमा किसानहरु झन संकटमा परेका छन।

लकडाउन भएको कारन खाधको आवश्क्ता पूरा गर्न स्थानिय तहहरुलाइ खाध उपल्बध गरिदिनु हुन किसानहरुले अनुरोध समेत गरेका छ्न।

उता लकडाउनाका कारन नेपाल भारतकाे नाका बन्द भएकाेले झन संकट परेका सम्सी गाउँपालिका का किसान इन्द्रेस यादवले जनाएका छन।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?