नरेन्द्र महताे–गौशाला
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.६ फुलकाहामा विहिवार राहत लिन गएकाहरुलाई वडा अध्यक्ष द्वारा दुर्व्यवहार गरेकाे स्थानियहरुले जनाएका छन ।
सर्वदलिय समिति बाट छनाैट भएकाे प्रतिनिधिहरुकाे राेहवरमा नागरीकताकाे फाेटाे कपि देखाएर राहत वाँडने सर्वदलिय समिति बाट पास भए पनि राहत वाँडने समयमा समाजवादी र काँग्रेस पार्टीका प्रतिनिधिहरुलाई वाई पास गरेर राहत वितरण गरेकाे जनाईएका छन। तर राहत लिन गएका ६८ वर्षिय मिसिलाल यादवलाई वडा अध्यक्ष नथुनि राउतले दुर्व्यवहार गरेकाे वताए ।
राहत लिनेहरुकाे नाम संकलन नगरेर राहत पाउने सवैलाई राहत दिने सर्वदलिय समिति बाट निर्णय गरे पनि त्यस अनुसारकाे नभएकाेमा स्थानियहरु द्वारा विराेध गरेका छन ।
राहत वितरणमा भेद भाव गर्नु राम्राे भएन अहिलेकाे समयमा सबै जनालाई मिलेर अगाडि बढनुकाे विकल्प नरहेकाे उनिहरुले जनाए।
अाफुले कसैलाई दुर्व्यवहार नगरेकाे र भिड भाड भए पछि मात्र मानिसलाई पछि हटाईएकाे वडा न. ६ का वडा अध्यक्ष नथुनि राउतले जनाए । वडामा राहत पाउने जति व्यक्तिमा कुनै जाति,जातिका धर्म भए पनि सबैलाई एकरुपता बाट राहत वितरण गरे तर कसैलाई पक्षपात गरेकाे छैन यदि पक्षपात गरेकाे प्रमाण देखाएमा कानुन अनुसार दण्ड सहन तयार रहेकाे वडा अध्यक्ष राउतले स्पष्ट पारे।