ट्रम्पले देशमा सामान्य जनजीवन सुरु गर्नका लागि तीन चरणको योजना प्रस्ताव गरे

५ years अगाडी teraibulletin

ट्रम्पले देशमा सामान्य जनजीवन सुरु गर्नका लागि तीन चरणको योजना प्रस्ताव गरे

ताराईखबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा सामान्य जनजीवन सुरु गर्नका लागि तीन चरणको योजना प्रस्ताव गरेका छन् ।ट्रम्पले ‘ओपनिङ अफ अमेरिका अगेन’ योजनाअनुसार स्कुल र कार्यालयहरु पुनः खोल्नका लागि तीन चरणको प्रस्ताव गर्दै सबै राज्यलाई यी योजना लागू गर्न सुझाव अनुरोध गरेका छन् । योजना अनुसार सबै चरण कम्तीमा पनि १४ दिनका हुनेछन् । आफ्नो नियमित पत्रकार सम्मेलनमा ट्रम्पले यी योजनाबारे विस्तृतमा जानकारी गराएका हुन् । उनले लामो समयसम्म अर्थव्यवस्था नै बन्द राख्नु कोरोना संकट समाधानको उचित उपाय नभएको समेत बताएका छन् ।

संसारभरमा कोरोना संक्रमितको संख्या २१ लाख ८२ हजारभन्दा बढी भइसकेको छ । कोरोना भाइरसबाट हालसम्म १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा सामान्य जनजीवन सुरु गर्नका लागि तीन चरणको योजना प्रस्ताव गरेका छन् ।

योजनाको पहिलो चरणमा सामाजिक दुरीको नियम लागू गर्ने बताइएको छ । यो समयमा स्कुल र कार्यालयहरु बन्द रहनेछन् । यदि यो चरणमा राज्यमा संक्रमणमा कमी आएमा राज्यमा दोस्रो चरण लागू गरिनेछ ।

दोस्रो योजना अनुसार सीमित संख्यामा कर्मचारीका साथ कार्यालय खुलाइनेछ भने ५० भन्दा बढी मानिसलाई एकै स्थानमा भेला हुन निषेध गरिनेछ ।

तेस्रो चरणमा सबै कार्यालय सामान्य रुपमा काम गर्न अनुमति दिइनेछ । यो चरणमा अस्पताल र वृद्धहरुको आवतजावतमा अवरोध रहने छैन । तर जुन मानिसलाई संक्रमणको खतरा हुन्छ, उसलाई सावधान रहन सल्लाह दिइनेछ ।

ट्रम्पको योजना अनुसार ठूलो संख्यामा मानिस भेला हुने क्रमको सुरुवात आगामी मे महिनादेखि नै हुनसक्छ ।ट्रम्पले यो योजना सार्वजनिक गर्नुअघि सबै राज्यका गर्भनरसँग छलफल गरेर प्रतिबन्ध हटाउने निर्णय राज्य गभर्नरलाई छाड्न सहमत भएका थिट्रम्पले राज्यमा प्रतिबन्ध हटाउने विषयमा आफैंले निर्णय लिन सक्ने बताएका थिए । पछि उनी यो निर्णय गर्न गभर्नरलाई हुने र सरकारले यो मामलामा केबल दिशा निर्देश जारी गर्नसक्नेमा सहमत भएका थिए ।

छलफलका क्रममा उनले भनेका थिए, ‘यो योजनाअनुसार तपाइहरु आवश्यक निर्णय लिनुहुनेछ । हामी तपाईहरुलाई सहयोग मात्र गरिरहेका छौं । तपाईहरुलाई जुन सामानको आवश्यकता छ, त्यो हामी उपलब्ध गराउनेछौं ।’

पत्रकार सम्मेलनमा ट्रम्पसँगै सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक एन्थोनी फाउची र कोरोना भाइरस टास्कफोर्सका संयोजक डा.डेबोरा ब्रिक्स समेत सहभागी थिए

राष्ट्रपति ट्रम्पले भने, ‘हामीले एउटा युद्ध जित्नका लागि आफ्नो अर्थव्यवस्था बन्द गरेका थियौं र हामी यो युद्ध जितिरहेका छौं । तर अब देशमा लगाइएका प्रतिबन्धहरु हटाउनुपर्छ । हामीले आफ्नो अर्थव्यवस्थालाई चलायमान बनाउनुपर्छ र हामीले छिट्टै गर्नुपर्छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?