पर्सा,श्रीनारायण-महतो ५ बैशाख –पर्साको छिपहरमाई गाउपालिकामा राहत बाड़ने क्रममा अनियमितता तथा पक्षपात भएको नेपाली कांग्रेशको जिल्ला सदस्य एवम युवा नेता नबिन सिंहले आरोप लगाउनु भएको छ । छिपहरमाई गाउपालिकाको वडा न: ३ झल्मैयामा राहतको बिषय लिएर स्थानीयबासी र जनप्रतिनिधिमा झडप भएको बिषय बताउदै उहाले राहतमा अनियमितता भएको बताउनु भयो ।
लकडाउनको प्रभावबाट प्रभाबित भएको स्थानीयबासी एका तीर सरकारले तोकेको मापदण्ड अनुसार राहत पाउनबाट बंचित भएका छन भने अर्का तीर पक्षपातको सामना गर्नुपर्ने बध्याता रहेको नेपाली कांग्रेशको जिल्ला सदस्य एवम युवा नेता नबीन सिंहले बताउनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट बचनको लागी सरकारले अधिराज्य भरी गरेको लकडाउनबाट प्रभाती भएको असहाय,एकल महिला,दैनिकी ज्यालादारी गरी खाने तथा अति बिपन्न बर्गका पीड़ित नागरिकलाइ राहत नै बितरण नगरी तथा एकलौटी ढंगबाट आफ्नो नजीकको हुने खानेलाई(सम्पन्न भएको) मान्छेलाई दिने गरिएको समेत उहाले आरोप लगाउनु भयो ।
राहतमा समेत राजनितिक हुने गरिएको टिप्पणी गर्दै लोकतन्त्रमा पनी पीड़ित जनताको मर्म बुझने कोही जनप्रतिनिद्धि भएन भनी बताउनु भयो l उहाले नेपाली कांग्रेश जनताको आवाज बोल्दै आएको र आगामी दिनमा समेत जनताको पक्षमा नै ओकालत गर्ने बताउनु भयो ।
संघ सरकारले बजेट दिएकै छ प्रदेश सरकारले रकम पठाएकै र स्थानीय जनप्रतिनिद्धिले आंतरिक श्रोत साधनको प्रयो गर्दै छन अनी काहा अपुग भयो की उचित पीड़ित जनतालाइ राहतबाट बंचित गरिदै छ भनी उहाले प्रश्न गर्नु भयो ।
वडा ३ झल्मैया झापड़ हुदा दुईजाना घाइते समेत भएकाको स्थानियाले बताएका छन ।