चौतार्फी आलोचना पछि स्थानीय प्रसासन पुरानै अवस्थामा: फेरी ११ देखि ३ बजेसम्म अत्यावश्यक बस्तु किनमेल गर्न सकने ।

५ years अगाडी teraibulletin

चौतार्फी आलोचना पछि स्थानीय प्रसासन पुरानै अवस्थामा: फेरी ११ देखि ३ बजेसम्म अत्यावश्यक बस्तु किनमेल गर्न सकने ।

पर्सा,श्रीनारायण-महतो ५ बैशाख –जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो पूरानो निर्णयलाइ फेरि कार्यनयनमा लयाउदै अत्यावश्यक सामाग्रीहरु किनमेलक बिहान ११ देखि ३ बजेसम्मको समय तोकेको छ ।गते ३ गते बिहान ७ बजे सम्मको मात्र समय तोकेको प्रशासनले चौतर्फी दबाबपछि निर्णय सच्याएको छ ।बिहान जम्मा २ घण्टा मात्र समय दिदाँ बजारमा भीड बढेपछि प्रशासनको यसअघिको निर्णय अव्यवहारिक भएको भन्दै चातर्फी रुपमा आलोचना भएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसको कोभिड १९ कमाण्ड पोष्टको बैठकले निर्णय सच्याउदैं अबलाई भने किनमेल गर्न बिहान ११ देखि ३ बजेसम्मको समय दिएको छ ।अत्यावश्यक सामाग्रीहरु जस्तै दुध, ग्याँस, खाद्य, किराना लगायतका पसल तोकिएको समयमा सन्चालन हुनेछन् । त्यस्तै, यी पसल बाहेक अन्य कुनै पसल खोल्न नपाइने तर औषधी पसल भने २४ सै घण्टा खुल्ला रहन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।

अत्यावश्यक सामाग्रीका पसल सन्चालन गर्दा साँगुरा गल्ली, ठेलागाडा र चोकमा सन्चालन गर्न नपाइने बस्नेतले बताए ।पसल सन्चालन गर्दा तीन फिटको दुरी कायम गरी लाइन व्यवस्थापन गरेर बिक्रीवितरण गर्न व्यासायीलाई प्रशासनले निर्देशन दिएको छ । अन्यथा, संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?