अलपत्र परेका नागरिकलाइ उद्धार गर्न सर्बोच्चको अंतरिम निर्देशन ।

५ years अगाडी teraibulletin

अलपत्र परेका नागरिकलाइ उद्धार गर्न सर्बोच्चको अंतरिम निर्देशन ।

 

काठमाडौँ ५ बैशाख – सीमा पारी अलपत्र अवस्थामा रहेका नेपालका स्थायी बासिन्दालाइ स्वदेश ल्यउन सर्वोच्च अदालतले अंतरिम आदेश दिएको छ l बिश्वब्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसलाइ (कोभिड १९)को रोक थाम गर्नको लागी गरिएको लक डाउनका कारण हिडेर आफ्नो स्थायी वासस्थान हिँडेकाहरु र अलपत्र परेका नागरिकहरुको उद्धार गर्न अन्तरिम आदेश दिएको हो ।

 

कोरोना भाइरसको संक्रमणका कारण लकडाउन सयौँ किलोमिटर हिँडेरै मजदुर र विपन्न वर्गका व्यक्तिहरु स्थायी बासस्थान जान थालेपछि उनीहरुलाई घर पुर्‍याउन सर्वोच्चले शुक्रबार अन्तरिम आदेश दिएको हो। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले चैत ३० गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भटटराई र सपना प्रधान मल्लको इजलासले आदेश दिएको हो।

 

शुक्रबार अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न निवेदक र विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालयलाई उपस्थित भएका थिए।सर्वोच्चले बिहीबार वैदेशिक रोजगारीमा गएका नागरिकलाई समेत उद्धार गरेर ल्याउन भनेको थियो।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?